एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय बैठकमा एनसिसी हङकङको १५ बुँदे प्रगति प्रतिवेदन प्रस्तुत

गैर आवासीय नेपाली संघ एसिया प्यासिफिकको आठौं क्षेत्रीय बैठकमा विभिन्न एनसिसीको तर्फबाट वार्षिक प्रगती प्रतिवेदन प्रस्तुत भएको छ । त्यसै सिलसिलामा एनआरएनए हङकङले पनि आफनो प्रतिवेदन प्रस्तुत गरेको छ । एनआरएनए हङकङ अध्यक्ष राधिका गुरुङ (टिका ) ले भर्चुअल रुपमा भएको बैठकमा वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको हो । अध्यक्ष गुरुङद्धारा प्रस्तुत एनआरएनए हङकङको प्रगति प्रतिवेदन जस्ताको तस्तै :-

गैर आवासीय नेपाली संंघ हङकङको प्रगति प्रतिवेदन

१. २८ जुलाई २०१९ मा अधिबेशन सम्पन्न भएसँगै कार्यक्रमका प्रमुख अतिधिको रुपमा पाल्नु भएको तत्कालीन उपाध्यक्ष कुमार पन्त सँग २९ जुलाई मा एनआरएनए विषयक अन्तरक्रिर्या कार्यक्रम सम्पन्न गरिएको थियो । अगस्ट ९ तारिखमा जापानमा बस्दै आउनुभएको एक नेपाली महिला हङकङ टान्जिट हुँदै आउने क्रममा डिप्रेसनको बिरामी भएकाले हङकङ हस्पिटलमा उपचार गराउनुपरेको र नेपाली महावाणिज्य दूतावास हङकङले सो विषयमा एनआरएनए हङकङलाई जानकारी गराई उद्धार तथा पहलमा समन्वय गर्न अनुरोध गरिएको थियो । हङकङमा उपचाररत ती महिलाको हस्पिटलको सबै खर्च ब्यहोरेर सुरक्षीत रुपमा नेपाल पठाई आफन्तलाई बुझाउने कार्य सम्पन्न गरिएको थियो ।

२. सेप्टेम्बरको दिन हङकङ, मकाउ र चीनको अधिवेशनमा पाल्नुभएको संघका केन्द्रीय महासचिव बद्री केसीसँग भेटभाट तथा अन्तक्रिर्या कार्यक्रम सम्पन्न गरिएको थियो ।

३. संघको नवौ विश्व सम्मेलनमा भाग लिन हङकङबाट १०२ जनाको प्रतिनिधि काठमाडौं पुगेको थियो । यसै क्रममा एसिया क्षेत्रको भेला संयोजन गरि करिब १०० जनाको उपस्थितिमा एसिया क्षेत्रका उम्मेदवारहरुलाई अग्रिम बधाई दिने कार्यक्रम राखिएको थियो ।

. स्थापनाकालदेखि कै विशिष्ट पाहुनाहरुलाई सम्मान तथा स्वागत गर्ने प्रचलन अनुसार ३१ डिसेम्बर २०१९ को दिन नेपालबाट पाल्नु भएका प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङसंग सस्कृति र राष्ट्रीयता विषयक कार्यक्रम सम्पन्न भएको थियो ।

. ३१ डिसेम्बर १९ को बेलुकी भिजीट नेपाल २०२० प्रचार गर्न नयाँ वर्षको काउन्ट डाउन हुने स्थानमा टिर्सट लगाएर ब्यानर बोकी प्रचार प्रसार गरिएको थियो । सो कार्यक्रममा ५ लाख नेपाली रुपैयाँ खर्च भएको थियो ।

. नेपाली महावाणिज्य दूतावास हङकङको सहकार्यमा भिजीट नेपाल -२०२० को टिसर्ट, प्लेकार्ड, ब्यानर, विभिन्न जातीय भेषभूषा तथा जातीय झाक्रीसहित ५०० जनाको उपस्थितिमा हङकङको मुख्य मुख्य पर्यटकीय शहरको परिक्रम गरि भिजीट नेपाल -२०२० को उद्घाटन कार्यक्रम सम्पन्न गरिएको थियो ।

. रसियाबाट पाल्नुभएको आइसिसी महासचिव बद्री केसीसँग २८ जनवरीको दिन भेटभाट कार्यक्रम राखिएको थियो ।

८. फेबु्अरी महिनामा नेपालमा एनसिसी अध्यक्ष राधिका गुरुङ, आइसीसी सदस्य दासुराम पराजुली र गोकर्ण ढकालले गैर आवासीय नेपालीलाई बालीकमताधिकारको वन्दोवस्त गर्न पहल गरिदिन अनुरोध गर्दै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड ) लाई ज्ञापनपत्र बुझाउने कार्य सम्पन्न गरिएको थियो । त्यस्तैगरि, महिला बालबालीका, ज्येष्ठ नागरिक तथा समाज कल्याण मन्त्री पार्वत गुरुङसँग भेट गरि महिला र बालबालीकाका विषयमा छलफल गरिएको थियो ।

साथै नेपाल सरकारका परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीलाई भेट गरि हङकङमा नेपालीहरुलाई एउटा बैंकको आवश्यकता महसुस गरिएकाले नेपालको कुनै पनि ‘क’ वर्गको बैंक हङकङ आउन चाहेमा सहजीकरण गरिदिन अनुरोध गरिएको थियो । साथै हङकङ रोजगार भिसा खुला गरिदिन अनुरोध गरिएको थियो ।

त्यस्तै, पर्यटन मन्त्रीलाई भेटी हवाई भाडादर तुलनात्मक रुपमा अन्य गन्तब्य भन्दा अत्याधिक रहेकाले न्यून गरिदिन र हङकङ अन्तराष्ट्रीय एयरपोर्टको नेपाल एअरको काउन्टर अब्यवस्थित रुपमा सञ्चालन भइरहेको हुनाले सहज ब्यवस्थापन गर्न तथा हङकङ टान्जिट हुने यात्रुहरुलाई टान्जिट भिसा दिलाउन ज्ञापनपत्र बुझाइएको थियो । साथै श्रम मन्त्रीलाई भेट गरि रोजगार भिसा खुला गरिदिन आग्रह गर्दै ज्ञापन पत्र बुझाइएको थियो ।

त्यस्तैगरि प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समिति सभापति शशी श्रेष्ठसँग भेट गरि गैर आवासीय नेपालीको नेपाली नागरिकता निरन्तरताको लागि चाँडो कार्यान्वयनमा ल्याउन पहल गरिदिन आग्रह गरिएको थियो ।

. २६ फेम्बुअरिका दिन नेपालबाट ल्याइएको ७ हजार पिस मास्क र ३०० हेन्ड सेनीटाईजर (८,६०० हङकङ डलर अर्थात रु १ लाख ३० हजार ) जोर्डनको बुढो पार्कमा बढिएको थियो ।

१० कोरोना महामारी बढ्दै गएको बेला कोभिड -१९ महामारीबाट जोगिन, जनचेतना फैलाउन र सहयोगको लागि समन्वय गर्न विभिन्न क्षेत्रमा बसोबास गर्नुभएका नेपालीको लागि प्रतिनिधि तोकि कार्य अगाडि बढाइएको थियो ।

Image may contain: 2 people, including Tika Gurung

११ नेपालमा लकडाउनको कारण रोकिनु भएको हङकङबासी नेपालीहरुलाई हङकङ फर्कन एनआरएनए आइसिसी तथा हङकङ सरकारको सम्बन्धित निकाय, नेपाल सरकार तथा नेपाली महावाणिज्य दूतावास हङकङसँग पहल गरि अनुरोध पठाइएको थियो । एनआरएनए हङकङको सो पहलबाट जुन महिनादेखि हङकङ उद्धार शूरु गरि हालसम्म २ हजार हङकङबासी नेपालीहरु फर्किसक्नु भएको छ ।

१२ कोरोनाको सन्क्रास नेपालमा पनि अत्याधिक रुपमा फैलिरहेको अवस्थामा आईसिसीले सबै एनसिसीलाई सहयोग गर्न पत्राचार गरेसँगै आर्थिक संकलन गरि (हङकङ डलर ४७,८८२ अर्थात करिव ७ लाख ५० हजार ) आइसिसी उपाध्यक्ष सोनाम लामामार्फत नेपाल सरकारका स्वास्थ्य मन्त्रीलाई हस्तान्तरण गरिएको थियो ।

१३. २० जुलाई २०२० मा हङकङको अवस्था सामान्य भए पनि मास्कको अभाव भएकोले स्थानीय राजनीतिक पार्टीले एनआरएनएमार्फत उपलब्ध गराएको १० हजार पिस मास्क नेपाली समुदायको बाहूल्य रहेको २ स्थानबाट वितरण गरिएको थियो ।

१४ . एनआरएनए हङकङले १४ महिनाको कार्यअवधिमा आफनै खर्चमा लगभग २० लाख नेपाली रुपैयामाँ कोभिड- १९ तथा विभिन्न कार्यक्रम सम्पन्न गरेको थियो ।

१५. एनआरएनए हङकङको साधारणसभा यसअघि ९ अगष्टमा तोकिएको भए पनि कोभिड- १९ को कारण स्थगीत हुन पुगेको छ । अब चाँडै कोभिड -१९ को अवस्था सामान्य भएपछि साधारणसभा गर्ने र ONE NCC ONE CHARITY ‘वान एनसिसी वान च्यारिटी’ प्रोजेक्ट सञ्चालन गर्ने जानकारी गराउन चाहान्छु । धन्यवाद

राधिका गुरुङ (टिका)
अध्यक्ष
एनआरएनए हङकङ


प्रकाशित | ११ आश्विन २०७७, आईतवार १७:००