निर्वाचनको तयारीमा जुट्न प्रधानमन्त्रीको निर्वाचन आयोगलाई निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगका पदाधिकारीहरूलाई घोषित मितिमा निर्वाचनको तयारीमा जुट्न निर्देशन दिनुभएको छ । शनिबार बालुवाटारमा निर्वाचन आयोगतका पदाधिकारीसँग भएको भेटभाटको क्रममा प्रधानमन्त्री ओलीले घोषित मितिमा निर्वाचनको तयारीमा जुट्न निर्देशन दिनु भएको हो ।

उहाँले निर्वाचन अपरिहार्य भएकाले नै मुलुक यसरी निर्वाचनतर्फ अघि बढेको स्पष्ट पार्नु भयो । शुक्रबार राष्टपतिसमक्ष प्रधानमन्त्रीको लागि पेश गरिएको दावी कसैको पनि नपुगेपछि मन्त्रिपरिषद्को सिफारिसमा आगामी कात्तिक २६ र मंसिर ३ गते निर्वाचनको मिति घोषणा गर्नु भएको थियो ।


प्रकाशित | ८ जेष्ठ २०७८, शनिबार १५:४४