प्रधानमन्त्री ओलीलाई पार्टीको साधारण सदस्यबाट निष्कासन गर्ने प्रचण्ड–माधव पक्षको निर्णय

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री केपी ओलीलाई पार्टीको साधारण सदस्यबाटै हटाउने निर्णय गरेको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार आज बसेको बैठकले ओलीलाई निष्कासन गर्ने निर्णय गरेको हो । साथै महासचिव विष्णु पौडेललाई पदबाट गरेको निर्णयलाई पनि केन्द्रीय कमिटीले अनुमोदन गरेको छ ।

यस्तै घोषित संघर्षका कार्यक्रम सफल पार्न सिंगो पाटीपंक्ति परिचालन गर्ने र पार्टी आधिकारिताको दाबी गर्दै निर्वाचन आयोगलाई पत्र लेख्ने निर्णय पनि बैठकले गरेको छ । म्यानमारमा लोकतन्त्रको विरुद्धमा त्यहाँको सेनाले सत्ता हातमा लिनु अनुपयुक्त भन्दै बैठकले निन्दा गरेको छ ।


प्रकाशित | १९ माघ २०७७, सोमबार १९:२३