एनआरएनए स्पेनको वार्षिक साधारण सभा सम्पन्न

स्पेन। गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनको वार्षिक साधारण सभा संघका अध्यक्ष दिनेश गुरुङको सभापतित्वमा मिति ३१ जनवरी २०२१ मा भव्य र सभ्य रूपमा (भर्चुअल ) सम्पन्न भएको छ । सभामा प्रमुख अतिथिको रुपमा स्पेनका लागि नेपाली महामहिम राजदुत दावा फुटी शेर्पा र विशिष्ट अतिथिको रूपमा क्रमश गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद उपाध्यक्ष डा. बद्री केसी, महासचिव डा. हेमराज शर्माले उपस्थिति जनाउनु भएको थियो।

त्यसैगरि विशेष अतिथिको रुपमा युरोप संयोजक नारायण आचार्य, उप (संयोजकद्धय मुक्त बहादुर गुरुङ, कृष्ण तिमिल्सिना, शुक्रराज न्यौपाने, एनआरएनए विधान संशोधन समिति उप(संयोजक तथा आइसिसी सदस्य रामशरण सिंखडा, आइसिसी मानार्थ सदस्यद्धय क्रमश एकराज गिरी, दीपक खरेल तथा ऋषि श्रेष्ठ , आइसिसी सदस्यद्वय सुनील रानाभाट, चिन्तामणि सापकोटाका साथै युरोपका विभिन्न मुलुकका राष्ट्रिय परिषदका (एनसीसी) अध्यक्षहरु उपस्थित हुनुहुन्थ्यो।

सभामा एनआरएनए स्पेनका कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, संरक्षक तथा सल्लाहकारहरु, क्षेत्रीय समितिका अध्यक्षहरु, स्पेन स्थित विभिन्न सामाजिक, जातिय तथा राजनीतिक नेपाली संघ संस्थाहरुका अध्यक्षहरु तथा एनआरएन स्पेनका पंजीकृत सदस्यहरुको उलेख्य उपस्थिति थियो। सभामा संघका उपाध्यक्ष उत्तर कुमार राईले स्वागत मन्तव्य राख्नु भएको थियो भने सभामा एनसीसी स्पेनका सम्पूर्ण विभाग प्रमुख हरुले आआफ्नो वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो।

भर्चुअल मार्फत भएको साधारण सभामा प्रमुुख अथितिको रुपमा बोल्दै स्पेनका लागि नेपाली राजदुत दावाफुटी शेर्पाले प्रवासमा रहेर पनि नेपाल र नेपालीको हितको लागि संस्थाले गरेका कामको प्रशंसा गर्दै थप उपलब्धिमूलक सामजिक काममा अग्रसर हुन शुभकामना दिनुभएको थियो। राजदुत शेर्पाले कोभिडको समयमा एनआरएन र स्पेनमा रहेका अन्य संघसंस्थाले खेलेको भुुमिकाको खुलेर प्रशंसा गर्नुभयो । कोभिड १९ को संक्रमणकालमा देखिएको नेपालीहरुबीचको एकता सदा कायम राख्नुपर्नेमा जोड दिन अनुरोध गर्नुभयो । उहाँले डायस्पोरा बलियो भयो भने दुतावासलाई पनि काम गर्न सजिलो हुने भन्दै नेपालीहरुबीचको एकतामा जोड दिनुभयो । उहाँले सिमित जनशक्ति र बजेटको बाबजुत पनि दुतावासले स्पेनबासी नेपालीहरुको समस्या समाधानमा पहल जारी राखेको बताउनुभयो ।

साधारण सभामा शुभकामना मन्तव्य राख्दै एनआरएनए आइसीसी उपाध्यक्ष डा. बद्रि केसीले एनआरएनए स्पेन आसिसिको लागी भरपर्दो एनसिसिको रुपमा रहेको बताउनुभयो । उहाँले स्पेनमा विशेषगरी महिला र युवा विभागले गरेको कामको प्रशंसा गर्नुभयो ।उहाँले कोभिडको समयमा ५० वटा देशमा २५ हजार स्वयंम सेवक नेपालीलाई सहयोग गर्न खटिएको भन्दै यस अभियानमा सहयोग गर्ने सवैलाई धन्यवाद दिनुभयो ।

यसैगरि विशेष अतिथिको रुपमा शुभकामना मन्तव्य राख्दै आइसिसी महासचिब डा. हेमराज शर्माले कोभिडको समयमा विदेशमा समस्यामा परेका १ लाख ६३ हजार नेपालीलाई सहयोग गरेको भन्दै यस कार्यमा सहयोग गर्ने सवै एनआरएनकर्मीलाई धन्यवाद दिनुभयो । उहाँले एनआरएनएको पहलमा नेपालमा १० अर्बको प्रोजेक्ट सञ्चालन हुन लागेको जानकारी दिदै यसको लागि १ अर्ब संकलन भैसकेको बताउनुभयो ।

त्यसैगरी सभामा आइसिसी युरोप संयोजक नारायण आचार्य, युरोप उपसंयोजक त्रय मुक्त बहादुर गुरुङ, कृष्ण तिमिल्सिना, शुक्रराज न्यौपाने , आइसिसी विधान संशोधन समिति उपसंयोजक रामशरण सिंखडा, आईसीसीद्वय सुनिल रानाभाट र चिन्तामणि सापकोटा लगायतले रचनात्मक सुझावसहित सबल एनसीसी स्पेन बनाउन सधैं आफ्नो साथ र सहयोग रहने भन्दै आफ्नो शुभकामना सन्देश राख्नुभएको थियो।

संघका अध्यक्ष तथा सभापति दिनेश गुरुङले सभालाई सम्बोधन गर्दै हालसम्म भएका कामहरूको प्रगति विवरण अवगत गराउँदै ती कामहरू सफल पार्न विभिन्न व्यक्ति तथा संस्थाहरुले गर्नुभएको सहयोगको मुक्त कण्ठले प्रशंसा गर्दै उहाँहरुको थप रचनात्मक सुझाव र सहयोगको अपेक्षा राख्दै एनआरएनए स्पेनलाई सबल र सक्षम बनाउन आफू सदैव लागिपर्नेमा जोड दिनुभयो। अन्त्यमा आफ्नो कार्य व्यस्तताका बाबजुद पनि सभामा उपस्थित भई सभालाई सफल बनाउन सहयोग गरिदिनु भएकोमा उपस्थित सम्पूर्ण अथिति ज्युहरु लगायत सम्पूर्ण उपस्थित व्यक्तित्वहरूलाई धन्यवाद दिँदै सभालाई समापन गर्नुभएको थियो।


प्रकाशित | १९ माघ २०७७, सोमबार १८:०६