एनआरएनए कतारद्धारा १९ औं चरणको राहत वितरण, अहिलेसम्म ५ हजार ९४० नेपालीले पाए राहत

कतार : गैर आवासीय नेपाली संघ कतारले १९ औं चरणको राहत विरतण कार्यक्रम सम्पन्न गरेको छ । क़तार सरकारको गृह मन्त्रालयद्वारा क़तार च्यारिटी मार्फ़त प्राप्त ख़ाद्यान्न एनआरएनए कतारद्वारा गठित उद्दार तथा राहत बितरण समितीले १९ औं चरणमा वितरण कार्यक्रम सम्पन्न गरेको हो ।

मोहम्मद मुक्तदा को फोटो।

एनसिसी अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानका अनुसार १९ औं चरणमा कतारको विभिन्न ठाउँमा रहेका ६७१ जना नेपालीहरूलाई खाद्यान्नको राहत प्याकेज बितरण गरिएको हो । साथै अहिलेसम्म ५ हजार ९४० नेपालीलाई राहत वितरण गरिसकेकोपनि अध्यक्ष मुसलमानले जानकारी गराउनुभयो ।

मोहम्मद मुक्तदा को फोटो।

प्रकाशित | २ श्रावण २०७७, शुक्रबार १९:५६