सुदुर पश्चिममा एनआरएनए मोबाइल ब्लड बैंक बसका लागि ८ लाख बढी सहयोग संकलन (सूचीसहित )

काठमाडौं। गैर आवासीय नेपाली संघले सुदुर पश्चिम प्रदेशका लागि एनआरएनए मोबाइल ब्लड बैंक बस परियोजनाका लागि फन्ड राइज अभियान जारी राखेको छ । हालसम्म ८ लाख ७७ हजार बढी सहयोग संकलन भइसकेको जनाइएको छ । संघका अनुसार हालसम्म ८ लाख ७७ हजार ५५८ रुपैयाँ संकलन भइसकेको हो ।

त्यस्तै, सुदुर पश्चिम समाज कोरिया , एनआरएनए नाइजेरिया, सुदुर पश्चिमेली समाज अन्तर्राष्ट्रिय समितीले फन्ड राइज अभियान सञ्चालन गरिसकेको र अस्ट्रेलिया एनआरएनए र सुदुर पश्चिम समाजहरु, अमेरिका सुदुर पश्चिम समाज र एनआरएनए, सुदुर पश्चिम समाज जापानले समेत अभियान शुरु गरिरहेका छन् । हालसम्म सहयोग गर्नेहरुको नामावली यस प्रकार छ :-

१. डा . खकिन्द्र भण्डारी , टिकापुर १०,०००/-

२. अर्जुन प्रसाद मैनाली , अमेरिका २५,०००/-

३. ह्युमानिटी फाउन्डेसन , धनगढी १११,१११/-

४. गौरी जोशी , अमेरिका १००,०००/-

५. रोशन थापा , जाम्बिया, अफ्रिका १००,००० /

६. एनआरएनए बिटिएस समिती १००,०००/ –

७. जङ्ग बम , न्युयोर्क , अमेरिका ( नेपाल : टिकापुर ) ५०,०००/-

८. हेम बहादुर ठकुल्ला , अमेरिका ( नेपाल : टिकापुर ) ११,१११/-

९.एनआरएनए एनसीसी न्युजिल्यान्ड USD 1500 ( नेरु १८७,२००)

१०. रोटरी क्लब अफ न्युयोर्क क्विन्स USD 500 ( नेरु ५८,५०० )

११. सागर उप्रेती , नाइजेरिया ५०००/- ट्रान्स्फर भै सकेको ।

१२. कृष्ण दत्त भट्ट , केन्या ५३२५ /-

१३. रोशन थापा, नाइजेरिया १२६११/-

१४. कृष्ण डुम्रे , आइभोरी कोस्ट ११,७००/

१५. एनआरएनए सेसेल्स रु ६०,०००/-

१६. तारा किशन फाउन्डेसन , न्युयोर्क रु ३०,०००/-

जम्मा : ८७७,५५८ /-

प्रकाशित | १८ माघ २०७७, आईतवार १६:१८