पाकिस्तानका पूर्व प्रधानमन्त्री जमालीको निधन

एजेन्सी –पाकिस्तानका पूर्व प्रधानमन्त्री मिर जफरूल्लाह खान जमालीको निधन भएको छ । खान जमालीको बुधबार ७६ वर्षको उमेरमा उपचारको क्रममा निधन भएको हो ।

उनलाई केही दिनदेखि रावलपिन्डीस्थित एक अस्पतालको अति सघन कक्षमा राखी उपचार गरिएको थियो । उपचारकै क्रममा हृदयघात भएपछि उनलाई सैनिक अस्पतालमा भर्ना गरिएको पाकिस्तानी अखबार डनले जनाएको छ ।

जमाली सन् २००२ देखि २००४ सम्म पाकिस्तानको प्रधानमन्त्री थिए । प्रधानमन्त्री इमरान खानले जमालीको निधनप्रति गहिरो दुःख प्रकट गर्दै समवेदना प्रकट गरेका छन् ।


प्रकाशित | १८ मंसिर २०७७, बिहीबार १३:३८