प्रतिमा शिवाकोटीको गजल संग्रह – भाग ९

प्रतिमा शिवाकोटी

उर्लिएको खोली होइन, सागर बनी बहन्छु म ।
धैर्यताले साँध सिमा, नाघेपछि कहन्छु म ।

दैब तैँले चोटै चोट, माथि अझै पिडाहरु,
जति धेरै दिएपनि, सकुञ्जेल सहन्छु म ।

काँडै माथि फुली यहाँ, मगमग बास्ना छर्दे
फुलभित्र नदेखिने, सुवास बनी रहन्छु म

शिवाकोटी दोलखा कालिञ्चोक गाउपालिका- ८ सुनखानी निवासी हुुनुहुन्छ ।


प्रकाशित | १७ माघ २०७७, शनिबार २१:५२