एनआरएनएले पायो ‘भर्चुअल विशेष महाधिवेशन’ गर्ने अनुमती, मिती छिट्टै घोषणा गरिने

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए) लाई ‘भर्चुअल विशेष महाअधिवेशन’ गर्ने बाटो खुला भएको छ । नेपाल सरकारले भर्चुअल रुपमा विशेष महाधिवेशन गर्न अुनमती प्रदान गरेसँगै बाटो खुला भएको हो ।

संघका अध्यक्ष कुमार पन्तले संघको प्रस्ताव अनुरुप परराष्ट्र मन्त्रालयबाट विशेष महाअधिवेशन गर्ने अनुमतिको पत्र प्राप्त भएको जानकारी दिनुभयो । अब संघको पदाधिकारी बैठक बसेर छिट्टै विशेष महाधिवेशनको मिति तय गरिने अध्यक्ष पन्तले बताउनुभयो ।

परराष्ट्रको पत्रमा ‘अन्तर्राष्ट्रिय महाअधिवेशन अनलाइन मार्फत भर्चुअल रुपमा गर्न सकिने’ उल्लेख गरिएको छ ।

गत वर्ष सम्पन्न संघको महाधिवेशनमा महासचिव र कोषाध्यक्षको प्रतिवेदन पारित नभएपछि विधानअनुसार विशेष महाधिवेशन गर्न लागिएको हो । आगामी विशेष महाधिवेशनमा संस्थाको विधान संशोधनको प्रस्ताव लगिने तयारी गरिएको छ , जसमा नि:शुल्क सदस्यता, अनलाईन भोटिगंको प्रस्ताव लगिने संघले जनाएको छ ।


प्रकाशित | १५ आश्विन २०७७, बिहीबार २१:१४