प्रधानमन्त्री ओली विरुद्ध सर्वोच्च अदालतमा मानहानीको मुद्दा दर्ता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध मंगलबार सर्वोच्च अदालतमा मानहानीको मुद्दा दर्ता भएको छ । अधिवक्ताद्वय कञ्चन कृष्ण न्यौपाने र डा. कुमार शर्मा आचार्यले प्रधानमन्त्रीका विरुद्ध मानहानीको छुट्टाछुट्टै मुद्दा दायर गर्नु भएको हो ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनविरुद्ध संवैधानिक इजलासमा मुद्दा विचाराधीन रहेको अवस्थामा सार्वजनिक रुपमा दिएका अभिव्यक्ति, ९४ वर्षीय वरिष्ठतम् वरिष्ठ अधिवक्ताका बारेमा दिएका अभिव्यक्ति र इजलासमा भइरहेको बहसलाई ‘तमासा’ संज्ञा दिएको जस्ता आधार देखाउँदै रिट निवेदकले प्रधानमन्त्रीका उल्लेखित अभिव्यक्तिबाट न्याय प्रक्रियाको गरिमामा आँच पु¥याएको र न्यायालयको समेत अपहेलना भएको दावी गरेका छन् ।


प्रकाशित | १३ माघ २०७७, मंगलवार १५:०४