एनआरएन अभियानमा सक्रिय गणेश केसी उपाध्यक्षको तयारीमा, केहि दिनमै औपचारिक घोषणा गर्ने

सिड्नी – गैर आवासीय नेपाली संघको अभियानमा सक्रिय गणेश केसी आइसिसी उपाध्यक्षको तयारीमा जुट्नु भएको हो । सालीन तथा इमानदार छवी बनाउन सफल केसी आइसिसी उपाध्यक्षको तयारीमा जुट्नु भएको हो ।

एनआरएनए अस्ट्रेलियाको पूर्व अध्यक्ष रहनु भएको केसी सामाजीक कार्यमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । संस्थाको लागि निकै नै महत्वपूर्ण योगदान दिनु भएको केसीले केहि दिनमै एजेण्डासहित औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्ने तयारी भइरहेको बताउनु भयो ।

केसीले सबैको सल्लाह सुझाव र आग्रहमा आगामी अक्टोवरमा हुने विश्व सम्मेलनमा उपाध्यक्षमा उम्मेदवारी दिन निर्णय गरिएको बताउनु भयो । ओसिनिया क्षेत्रबाट वर्तमान उपाध्यक्ष मन केसीले पुन: उम्मेदवारी नदिने निर्णय गर्नु भएपछि आपसी सहमती तथा सरसल्लाहमा केसीले साझा रुपमा उम्म्मेदवारी दिन लाग्नु भएको हो ।

नेपाल र अस्ट्रेलियायामा विभिन्न ब्यापार ब्यवसाय सञ्चालन गर्दै आउनु भएको केसी एनआरएनएका प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष शेष घले निकटको रुपमा चिनीनुहुन्छ ।

सन् १९९५ देखि अस्ट्रेलियालाई कर्मभूमि बनाउदै आउनु भएका केसीले सन् २००१ मा एनएडिएफको नेतृत्व गर्दै सामाजीक क्षेत्रमा आफ्नो आबद्धता शूरु गर्नु भयो । त्यसपछि उहाँले आफ्नो यात्रा निरन्तर रुपमा अगाडि बढाउनु भयो ।

सन् २००५ मा एनआरएनए संस्थापक साधारण सदस्य हुँदै सन् २००७ –२००९ को कार्यकालमा एनआरएनए अष्टे«लीयाको कार्यकारी सदस्य, सन् २००९–२०११ मा उपाध्यक्षको रुपमा उहाँले जिम्मेवारी समाल्नु भयो ।

अष्टे«लीयाबासी नेपालीहरुको विश्वास जित्दै सन् २०११–२०१३ मा एनआरएनए अस्ट्रेलियाको अध्यक्ष बन्न उहाँ सफल हुनु भयो । आफ्नो काममा दत्तचित भएर लाग्दै एक पछि अर्को नयाँ नयाँ कामहरु गरेकै कारण उहाले सबैको मन जित्नु भएको छ ।

केसीले अध्यक्षको जिम्मेवारी पनि कुशलतापूर्वक निर्वाह गर्नु भयो । उहाँले जिम्मेवारी सम्हालेसँगै आफ्नो बल बुत्ता र क्षमताले भ्याएसम्म सबै क्षेत्रमा सुधार ल्याउन सफल हुनु भयो । आफ्नो कार्यकालमा महापुराणबाट संकलीत एक करोड पचास लाख बराबरको सामाजिक कल्याणकारी कोषको स्थापना गर्दै उहाँले अष्टे«लीयाबासी नेपाली समुदायको लागि ठूलो योगदान गर्नुभयो ।

सातौ ओशिनिया क्षेत्रीय सम्मेलन भब्य र सभ्य रुपमा सिड्नीमा सम्पन्न गराउँदै एनआरएनएले अगाडी बढाएको हाईड्रो कलेक्टिभ इनभेष्टमेन्ट अन्तर्गत २७ करोड रुपैयाँ अस्ट्रेलियाबाट संकलन गर्न सफल हुनु भयो । केसीले दुई वर्षे कार्यकाल निकै कुशलतापूर्वक सम्पन्न गर्नु भएसँगै २०१३–२०१५ मा अन्तराष्ट्रिय समन्वय परिषद् (आइसिसी सदस्य) बन्नु भयो ।

सो क्रममा एनआरएनएको भवन निर्माणको लागि आर्थिक संकलन अभियान अगाडी बढाउन केसीलाई आसिनिया क्षेत्रको संयोजकको जिम्मेवारी सुम्पियो । एनआरएनएको केन्द्रीय भवन निर्माणको लागि ओसेनिया क्षेत्रको जिम्मेवारी आएसँगै केसीले अह्रोरात्र खटेर आर्थिक संकलनमा जुट्नु भयो । केसीले भवन निर्माणमा २ करोड रुपैयाँ संकलन गर्न सफल हुनु भयो ।

त्यसैगरि मलेसियामा सामाजिक कल्याणकारी कोष स्थापनाको लागि भएको आर्थिक सहयोग संकलन अभियानमा करिव १ करोड रुपैयाँ जम्मा गर्न सफल हुनु भयो । त्यसपछि लगातार एनआरएनएमा केसीले सक्रिय भूमीका निर्वाह गरिरहनु भयो ।

एनआरएनएको भवन निर्माणमा होस वा नेपालमा भूकम्प, नाकाबन्दी सँगै वर्तमान कोरोना महामारीमा केसीले मातृभूमीप्रति सेवाभाव दर्शाउदै सहयोगी हात फैलाउँदै आउनु भएको छ । कोरोना महामारीमा विभिन्न स्वास्थ्य सामाग्री सहयोग र कोभिड कोषमा रकम जम्मा गर्ने जस्ता मानवीय कार्यमा पनि केसी सक्रिय हुनुहुन्छ । उहाँले विश्वका विभिन्न देशहरमा पुगेर गैर आवासीय नेपालीहरुको भावनालाई नजिकबाट नियाल्नु भएको छ ।


प्रकाशित | २१ भाद्र २०७८, सोमबार १२:५१