नव नियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेद्धारा पदभार ग्रहण

काठमाडौं : नव नियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पदभार ग्रहण गर्नु भएको छ । उहाँले शपथ ग्रहणलगत्तै सिंहदरवारस्थित मन्त्रालय पुगेर पदभार ग्रहण गर्नु भएको हो ।

सो क्रममा मन्त्री लामिछाने मन्त्रालय पुग्दा कर्मचारीहरूले स्वागत गरेका थिए । पदभार ग्रहण कार्यक्रममा बोल्दै लामिछानेले आफू एजेन्डासहित सरकारमा आएको र ती एजेण्डाहरु केही दिनमा सार्वजनिक गर्ने बताउनुभयो ।


प्रकाशित | ११ पुष २०७९, सोमबार १७:४९