एनआरएनको विशेष महाधिवेशन शूरु, परराष्ट्रमन्त्री ज्ञवालीद्धारा औपचारिक उद्घाटन

संघको बिज्ञ सम्मेलन -२०२० बाट तयार पारिएको स्वेत पुस्तिका नेपाल सरकारलाई हस्तान्तरण

काठमाडौं। गैर आवासीय नेपाली संघ (एनआरएनए) को विशेष महाधिवेशन सुरु भएको छ । दुईदिनसम्म भर्चुअल रुपमा चल्ने विशेष महाधिवेशन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले औपचारिक उद्घाटन गर्नुभयो ।

कार्यक्रममा नेपाली काग्रेस विदेश विभाग प्रमुख गोविन्द भट्टराई  , एनआरएनए पूर्व अध्यक्ष देवमान हिराचन, पूर्व अध्यक्ष तथा संरक्षक जीवा लामिछाने, पूर्व अध्यक्ष तथा प्रमुख संरक्षक शेष घले, पूर्व अध्यक्ष भवन भट्ट, संस्थापक राम प्रताप थापा लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभयो । संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा भइरहेको कार्यक्रम महासचिव डा हेम राज शर्माले संचालन गर्नुभएको छ भने स्वागत महिला उपाध्यक्ष रविना थापाले गर्नुभयो ।

कार्यक्रममा सल्लाहकारहरु कुल आचार्य, टिबी कार्की, उपाध्यक्षहरु डा. बद्री केसी, सोनाम लामा, अर्जुन कुमार श्रेष्ठलगायतले पनि शुभकामना मन्तब्य राख्नुभएको थियो ।

त्यस्तै, उदघाटन सत्रकै अवसर पारेर संघको बिज्ञ सम्मेलन २०२० बाट तयार पारिएको स्वेत पुस्तिका नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । आजै संघको दोस्रो सत्रमा महासचिव डा हेम राज शर्माले संघको प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ। प्रतिवेदन माथि छलफल गरेर प्रतिवेदन पारित गर्नको लागि प्रस्ताव गरिने कार्यक्रम छ।

पूर्व प्रवक्ता भुषण घिमिरे बिधानको मस्यौदा प्रति छलफलको लागि प्रस्तुत गर्नुहुनेछ। प्रस्तावित मस्यौदाका हरेक बुँदागत प्रस्तुति गर्दै बिधान संसोधन मस्यौदाको नियमित छलफलबाट हुनेछ। छलफल सम्पन्न भएपछि बिधानको जुम हलबाट सहमति भएको अन्तिम संसोधित मस्यौदा पढेर सुनाइने छ। सो सर्वसम्मत भएको खण्डमा मस्यौदा बिधान पारित गर्नको लागि प्रस्ताव गरिनेछ।

साँझ पहिलो दिनको सत्र अध्यक्ष कुमार पन्तले पहिलो दिनको समरी सहित समापन भएको घोषणा गर्नुहुनेछ । महाधिवेशनमा ५० भन्दा बढी देशका २६ सय जना प्रतिनिधिहरु सहभागी छन ।


प्रकाशित | १० माघ २०७७, शनिबार १२:१९