राष्ट्र निर्माणका लागि उद्दमशीलता अपरिहार्य : उपाध्यक्ष भट्टराई

भक्तपुर : गरिवी निवारण कोषका उपाध्यक्ष निर्मल भट्टराईले देश निर्माणका लागि राष्ट्रव्यापी उद्दमशीलता प्रवर्धन गर्नुपर्ने अपरिहार्य आवश्यकतामा जोड दिनु भएको छ । इरामयब समाज कल्याण समाज नेपालले सूर्यविनायक नगरपालिका वडा नं ५ मा आयोजित दुई दिने महिला उद्दमशीलता प्रवर्धन तालीमको शुभारम्भ गर्दै सो कुरा बताउनु भएको हो ।

उहाँले भन्नुभयो–“देशका कुना कन्दरासम्म स्थानीय स्रोत र साधनको विकास र व्यवसायिकीकरण नगरी समृद्ध नेपाल निर्माणको सपना पूरा गर्न सकिदैन ।”

कार्यक्रममा स्थानीय समाजसेवी अशोकराज ढुंगेल, कमल तिमल्सिना, निता तिमल्सिना , कमला गौतम र प्रशिक्षक रमा रेग्मीले महिलाको सशक्तिकरण गर्न उनीहरुलाई उपयोगी सीप, श्रोत र साधनको पहुँच बढाउन राज्यले विशेष पहल गर्नुपर्ने बताउनु भएको थियो । उद्दमशीलता प्रवर्धन तालीममा तीसजना महिलाको सहभागिता रहेको छ ।


प्रकाशित | १७ पुष २०७६, बिहीबार १२:५१