अबदेखि शुल्क तिरेर कोभिड–१९ परीक्षण गराउन पाइने, शुल्क पाँच हजार ५०० तोकियो

काठमाडौँ : अबदेखि इच्छाएको बेला शुल्क तिरेर कोभिड–१९ परीक्षण गर्न पाइने भएको छ । सरकारले अबदेखि सातै प्रदेशमा शुल्क तिरेर कोभिड–१९ को पिसिआर विधि परीक्षण गर्न पाउने व्यवस्था गरेको हो । स्वास्थ्यमन्त्री भानुभक्त ढकाललको अध्यक्षतामा यही असार २४ गतेको मन्त्रिस्तरीय निर्णयबाट प्रत्येक प्रदेशमा एक प्रयोगशालालाई शुल्क तिरेर निर्देशिका भन्दाबाहेकका नमूना परीक्षण गर्न पाउने व्यवस्था गरेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी गराउनुभयो ।

प्रवक्ता गौतमका अनुसार सरकारकै प्रयोगशालामामा निर्देशिका भन्दाबाहेकका मानिसले आफूलाई इच्छाएको बेला शुल्क तिरेर नमूना परीक्षण पाइने व्यवस्था गरिएको हो ।

प्रदेश नम्बर १ मा कोशी अस्पताल, प्रदेश नं. २ मा नारायणी अस्पताल, गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रदेश नं ५ मा लुम्बिनी अस्पताल बुटवल, कर्णाली प्रदेशमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला सुर्खेत र सुदूरपश्चिम प्रदेशमा प्रादेशिक प्रयोगशाला धनगढीको प्रयोगशालालाई शुल्क तिरेर पिसिआर परीक्षण गर्न पाइने भएको छ । आफैँ कोभिड–१९ को नमूना परीक्षण गराउन रु पाँच हजार ५०० तोकिएको छ ।


प्रकाशित | २७ असार २०७७, शनिबार ०७:३४