६ महिना म्याद थप गर्ने प्रावधान विधानमै छैन: देवमान हिराचन

काठमाडौं –  गैर आवासीय नेपाली संघका पूर्व अध्यक्ष तथा संरक्षक देवमान हिराचनले १८ वर्षको इतिहासमा पहिलो पटक संघको महाधिवेशन र चुनाव गर्न नसकेकोमा दुःख लागेको बताउनु भएको छ । उहाँले अन्तर्राष्ट्रिय समन्वय परिषदले आफ्नो कार्यकाल आफै ६ महिना थप गर्ने प्रावधान गैर आवासीय नेपाली संघको विधानमै नरहेको बताउनु भयो ।

एनसिसीहरुको विश्व भेलालाई सम्बोधन गर्दै उहाँले संघमा आफैले बनाएको विधान र नेपाल सरकारको कानून पालना नगर्दा अहिलेको समस्या आएको पनि बताउनु भयो । ‘संरक्षक परिषदले हामीलाई जिम्मा दिए १ महिना भित्र समाधान गर्न सक्छौं भनेका थियौ तर गरेको निर्णय पनि लागू भएन,’ उहाँले भन्नु भयो ।

गैर आवासीय नेपाली संघका सल्लाहकार तथा अध्यक्ष पदका प्रत्यासी कुल आचार्यलाई  हिलो छ्याप्ने, अरुलाई दोष लगाएर आफु चोखिने काम गर्न नहुने उहाँको भनाई छ ।


प्रकाशित | ८ कार्तिक २०७८, सोमबार ०९:१६