विराटनगरलाई स्थायी राजधानी तोक्न माग गर्दै अनिश्चितकालीन बन्द

मोरङ: विराटनगरलाई स्थायी राजधानी तोक्न माग गर्दै आम हड्ताल आह्रवान गरिएको छ । विराटनगर महानगरपालिकामा अनिश्चितकालीन आम हड्ताल आह्वान गरिएको हो । संघर्ष समिति निर्माण गरेर विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताले बन्दको कार्यक्रम आह्वान गरेका हुन ।प्राध्यापक डाक्टर भेषप्रसाद धमला संयोजक रहने गरि महेश रेग्मी, नागेश कोइराला, मोदराज घिमिरे, राजकुमार यादव र मोहम्मद कादिर सह संयोजक रहेको समितिले बन्दको आह्वान गरेको हो ।

समितिले जारी गरेको विज्ञप्तिमा विराटनगरलाई स्थायी राजधानी बनाइ सबै संरचना विराटनगरमा नै हुनु पर्ने उल्लेख गरिएको छ ।  त्यस्तै, विराटनगरमा आह्रवान गरिएको अनिश्चिनकालीन आम हड्तालको घोषणासँगै विराटनगरको जनजीवन प्रभावित बनेको छ । सार्वजनिक यातायतका साधनहरु ठप्प छन् ।


प्रकाशित | २३ बैशाख २०७६, सोमबार १३:२२