राष्ट्रिय खेलकुद प्रतियोगिता : यस्ता छन् आज हुने १६ खेल

बाँके: आठौं वृहत राष्ट्रिय राष्ट्रिय खेलकुद अन्तर्गत आज १६ खेल हुदैछ। भैरहवाको ब्याडमिन्टन कभर्डहलमा तेक्वान्दोका खेल हुँदैछ । दाङको तुल्सीपुरस्थित कराँतेहलमा कराँतेको खेल सञ्चालन हुँदैछ ।

नेपालगञ्जको नगरभवनको हलमा भारोत्तोलनका अन्तिम दिनका खेलहरु हुनेछन् । बाँकेको खजुरा भलिवल एकेडेमीमा महिला र पुरुष भलिवलका खेलले निरन्तरता पाउनेछन् । नेपालगञ्ज कभर्डहल परिसरमा उसु, ह्यान्डबलका खेल हुनेछ । नेपालगञ्जकै महेन्द्र रंगशालामा आईटिएफ तेक्वान्दो र सुटिङरेञ्जमा सुटिङका खेल हुनेछन् ।

नेपालगञ्जस्थित जुडो हलमा जिम्न्याष्टिकको खेल हुनेछन् । बुटबलमा सफ्ट टेनिसमा हुदाँ कोहलपुर, लमही र रुपन्देहीमा क्रिकेटका खेल हुनेछन् । बर्दियामा सेपाकताक्रोको सेमिफाईनलका खेल हुनेछन् । बर्दियामै खोखोका बाँकी खेल सञ्चालन गरिदाँ नेपालगञ्जमा पौडी र पोखरामा प्याराग्लाईडिङका बाँकी खेल चल्नेछन् ।

दाङको बेलझुण्डीमा एथ्लेटिक्सका विभिन्न स्पर्धामा स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदैछ । पुरुष महिलाको म्याराथनसंंगै ४ सय मिटर हडर्स, ८ सय मिटर दौडको फाईनल र ४ बाई सय मिटरको महिला पुरुषको फाईनल खेल हुनेछ ।


प्रकाशित | ९ बैशाख २०७६, सोमबार ०९:१४