प्रिमियर लिग फुटबल : चेल्सीको कठिन जित

एजेन्सी । प्रिमियर लिग फुटबलमा चेल्सीले कठिन जित हात पारेको छ । शनिबार भएको खेलमा चेल्सीले रेलिगेशन जोनमा रहेको फुलहममाथि १–० को जित निकालेको हो । घरेलु टोली पहिलो हाफमै १० खेलाडीमा सिमित बनेको थियो । खराब ट्याकल गरेपछि एन्टाेनी रविन्सन राताे कार्ड खादै पहिलाे हाफकाे अन्तिम मिनेटमा मैदान बाहिरिएका थिए ।

तर यस सिजनको खर्चिलो क्लब चेल्सीले गोलका लागि ७८ औं मिनेटसम्म पर्खनु पर्यो । मिसन माउन्टले चेल्सीका लागि विजयी गोल गरे । वेन चिलवेलको क्रसमा फुलहमका गोलकिपरले पन्च गर्दा फर्किएको बलमा डिबक्सभित्र रहेका माउन्टले गोल गरेका थिए । पछिल्ला चार खेलमा चेल्सीले पहिलो जित निकालेको हो ।

चेल्सीका खेलाडीले गोलका लागि निकै प्रयास गरेका थिए । तर कुनैपनि प्रहार सफल हुन सकेन । पहिलो हाफमा माउन्टकै प्रहार पोस्टमा लागेर फर्किएको थियो । जित सहित चेल्सी २९ अंक जोड्दै तालिकाको सातौं स्थानमा उक्लियो । फुलहम १२ अंक सहित रेलिगेशन जोनमै छ ।


प्रकाशित | ४ माघ २०७७, आईतवार ०७:०४