ओलीलाई दिएको अधिकार भीम रावलले नमान्ने, अध्यक्षमा उम्मेदवारी दिने

काठमाडौं  -नेकपा एमालेको बन्दसत्रले पदाधिकारी र केन्द्रीय सदस्यहरुको नामावली प्रस्ताव गर्ने अधिकार केपी शर्मा ओलीलाई दिएकोमा भीम रावलले विरोध जनाउनु भएको छ ।

शनिबार सौराहामा भएको बन्दसत्रमा नेता विष्णु पौडेलले यो प्रस्ताव राख्नु थियो जसलाई अधिकांशले ताली बजाएर समर्थन गरेका थिए। तर प्रस्ताव गर्ने अधिकार ओलीलाई दिने निर्णय नमान्ने र आफूले अध्यक्षमा उम्मेदवारी दिने रावलले बताउनु भयो ।


प्रकाशित | ११ मंसिर २०७८, शनिबार २०:३७