नेपालमा सोमबार कुन जिल्लामा कति थपिए कोरोना संक्रमित ?

काठमाडौं : नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार २ सय ४८ पुगेको छ । गत २४ घण्टामा ४ सय ७६ भेटिएसँगै संक्रमितको संख्या १३ हजार नाघेको हो। कुल संक्रमितमध्ये १ हजार ५ सय ८६ जना महिला र ११ हजार ६ सय ६२ जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङका १, गजेन्द्र नारायण सिंह अस्पताल राजविराज प्रयोगशालामा सप्तरीका १५, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा धुनषाका ६ र महोत्तरीका ४ जनामा कोरोना भेटिएको छ।

नारायणी अस्पताल वीरगञ्जमा पर्साका १, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा बागलुङका १४, अर्घाखाँचीका २७, भक्तपुरका १, धनकुटाका १, गोरखाका ५, गुल्मीका २०, खोटाङका १, पाल्पाका १३, पर्वतका १३, प्यूठानका ५, रौतहटका १६, रोल्पाका १, रुपन्देहीका ३, स्याङजाका ८ र तनहुँका ९ जनामा कोरोना भेटिएको छ।

यस्तै, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल प्रयोगशालामा धादिङका २ र काठमाडौंका ४ जनामा कोरोना पुष्टि भएको मन्त्रालयलका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो ।

भरतपुर अस्पताल प्रयोगशाला चितवनमा परीक्षण गर्दा अर्घाखाँचीका ११, चितवनका ४, कैलालीका १ र पाल्पाका १३ जनामा कोरोना भेटिएको छ।

किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र प्रयोगशाला हेटौडामा बाराका ३, मकवानपुरका १ र रौतहटका १, धुलिखेल अस्पतालमा काभ्रेका १, पाटन अस्पताल ललितपुरमा काठमाडौंका १, रौतहटका १ र ललितपुरका १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा काठमाडौंका १, बाजुराका ६६, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा कपिलवस्तुका २, रुपन्देहीका २ र प्यूठानका ३ जनामा कोरोना पुष्टि भएको छ।

यस्तै, भेरी अस्पताल प्रयोगशाला नेपालगञ्जमा डोल्पा र कालिकोट २÷२ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा दाङका ५८, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बाजुराका ३२, रुकुम पश्चिमका १, सेती प्रादेशिक अस्पताल धनगढीमा कैलालीका २९ र डोटीका ६९ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।


प्रकाशित | १५ असार २०७७, सोमबार १८:३४