सिंगो देश निर्वाचनमा होमिसक्यो, निर्वाचन हुँदैन कि भन्ने भ्रममा नपर्नुस् : सुवास नेम्वाङ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य सुवास चन्द्र नेम्वाङले तोकिएको समयमा निर्वाचन हुँदैन भन्दै भ्रम सिर्जना गरेर सर्वोच्च अदालतलाई अनावश्यक हस्तक्षेप नगर्न आग्रह गर्नुभएको छ ।’ बैशाख १७ र २७ गते निर्वाचन हुँदैन र सरकारले गर्दैन भनेर भ्रम फैलाएर अदालतलाई अनावश्यक दबाब दिने काम हुँदैछ भन्ने विज्ञहरुको टिप्पणी छ’, नेम्वाङले भन्नुभयो, ‘तोकिएको समयमा निर्वाचन गर्नुपर्छ र हुन्छ भन्ने कुरामा हामी विश्वस्त छौ, सर्वोच्च अदालतलाई अनावश्यक भ्रम सिर्जना गरेर दबाब दिने काम कसैले नगरौ ।’

देश निर्वाचनमय बनीसकेको बताउँदै पूर्व सभाभूख समेत रहनु भएको नेम्वाङले निर्वाचन तोकिएकै मितिमा हुनेमा आफू विश्वस्त रहेको पनि बताउनुभयो । नेपालको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस निर्वाचनको तयारीमा जुटिसकेको बताउँदै उहाँले भन्नुभयो, ‘प्रतिपक्ष दल कांग्रेस निर्वाचनमा होमिसकेको छ, उसले सरकारको कदमको बारेमा टिप्पणी गर्नु, आलोचना गर्नु अन्यर्था होइन, संसद विघटनलाई असंवैधानीक भन्नु अचम्मको कुरा होइन, उहाँहरुले १६५ निर्वाचन क्षेत्र हुँदै स्थानीय तह र वडा वडामा पुग्ने गरि निर्वाचन सम्बन्धी काम गर्दै हुनुहुन्छ । सिंगो देश निर्वाचनमय हुनेतर्फ अगाडि बढिरहेको छ, हामीले यो कुरालाई केन्द्रमा राखेर अगाडि बढ्नुपर्छ ।’

त्यस्तै, नेम्वाङले संविधानबमोजीम सरकार कार्यरत रहेको र सरकारले सबै काम गर्न पाउँने बताउनुभयो । ‘जुन दिन निर्वाचन आयोगले आँचारसंहिता लागू गर्छ त्यो बेलासम्म पूर्ण रुपमा सरकारले काम गर्न पाउँछ’, प्रदेश नम्बर १ कमिटीले तीनकुनेस्थित रोयल ब्याङ्‍वेटमा आयोजित कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो ।

उहाँले अध्यक्ष केपी शर्मा ओलीलाई काम गर्नबाट अवरोध गरिएकाले ताजा जनादेशमा जानुपरेको बताउनुभयो । उहाँले भन्नुभयो , ‘महाधिवेशनबाट नयाँ पुस्तालाई अध्यक्ष र प्रधानमन्त्री बनाउँछु म कक्षा दोहोर्‍याउने विद्यार्थी होइन भन्नुभएको थियो । यस्तो बेलामा हामी किन यहाँ आइपुग्यौं । केपी ओलीलाई किन अवरोध ? बाटो छेकिन्छ ।’

‘ओलीलाई कारबाही गरेर माधवकुमार नेपाल अध्यक्ष बनेको विषयमा कटाक्ष गर्दै भन्नुभयो, “मैले नाम बिसिएँ, केपी कमरेडलाई कारबाही गरेर अध्यक्ष बन्नुभो रे । केहीअघि केपी शर्मा ओलीसँग हार्नुभएको थियो रे । अहिले उहाँले केपी कमरेडलाई हटाएर अध्यक्ष बन्नुभो रे । कस्तो सजिलो रछ । थाहै थिएन ।

उहाँले थप्दै भन्नुभयो, ‘हामीले कसैलाई कारवाही गरेर निकालेका छैनौ । तर मेरा केहि साथीहरु त केपी शर्मा ओलीलाई कारवाही गर्दै अध्यक्ष हुनुभो अरे, केहि समय अघि ओली जीसँग अध्यक्षमा हार्नुभएको थियो रे । कती सजीलै अध्यक्ष हुनुभएछ, निकै आश्चर्य लाग्यो, यो के को परिचय हो ?’ केपी ओलीलाई नपत्याएर के गर्न खोजेको भन्ने प्रश्न देशले खोजिरेहको पनि उहाँले बताउनुभयो ।


प्रकाशित | ३ माघ २०७७, शनिबार १६:५२