परराष्ट्रमन्त्री ज्ञवाली दिल्ली प्रस्थान

काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आज भारत प्रस्थान गर्नु भएको छ ।
भारतको राजधानी नयाँदिल्लीमा आज र भोलि हुने नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन मन्त्री ज्ञवाली भारत प्रस्थान गर्नु भएको हो ।
बैठकमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री ज्ञवालीसहित परराष्ट्र र स्वास्थ्य मन्त्रालयका सचिवसहित अन्य मन्त्रालयका उच्च अधिकारीको सहभागीता रहने छ ।
भारतका तर्फबाट विदेशमन्त्री एस जयशङ्करले बैठकको नेतृत्व गर्दै हुनुहुन्छ । बैठकमा नेपालले सीमा विवाद र कोरोनाविरुद्धको खोपलाई प्राथमिकतासाथ उठाउने तयारी गरेको छ ।


प्रकाशित | १ माघ २०७७, बिहीबार १४:२१