ओसिनियाका अग्रजहरुलाई राखेर गणेश केसीले गरे उपाध्यक्षमा उम्मेदवारी घोषणा

सिड्नी – गैर आवासीय नेपाली संघको १० औं अन्तर्राष्ट्रिय विश्व सम्मेलनमा अष्ट्रेलिया निवासी गणेश केसीले उपाध्यक्ष पदमा औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्नु भएको छ । ओसिनिया क्षेत्रका एनआरएनए अभियान्तहरुको उपस्थितिमा केसीले आफनो उम्मेदवारी औपचारिक रुपमा घोषणा गर्नु भएको हो ।

लामो समयदेखि अभियानमा सक्रिय केसीले अन्तर्राष्ट्रिय स्तरमा जादै गर्दा ओसिनिया आफनो घर भएको र यहाँका अभियन्तहरु आफना सुःख दुःखका साथी एबम अग्रज भएकाले पहिला घरबाट नै सुझाब, सल्लाह र माया लिदै उम्मेदवारी घोषणा गरेको बताउनु भयो ।

कार्यक्रममा एनआरएनए अष्ट्रेलियाका पुर्व अध्यक्षहरु ध्रुब सुवेदी, महेन्द्र ओली, सुरेन्द्र सिग्देल, बर्तमान अध्यक्ष नन्द गुरुङले आफना बिचार राख्दै गणेश केसीको उम्मेदवारीलाई सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।  कार्यक्रममा पुर्व अध्यक्ष मन केसी, तोनु घोताने, केशब कंडेलको उपस्थिति रहेको थियो ।

एनआरएनएका अभियान्त, संस्थापकहरु इन्द्रा बन, दीपक खडका, सुदिप कार्की, भवानी ओली, निरज श्रेष्ठ, रन्जु वाग्ले थापा, एनआरएनए आईसीसी महिला संयोजक भोमा लिम्बु, जानकी पौडेल, न्यूजील्याण्डका पुर्व अध्यक्षहरु लाल केसी र बाबुराजा महर्जन, पिएनजि एनआरएनका अध्यक्ष मोहन पन्त र आईसीसी सदस्य सोम थापा, ओसियानाका आरसी होम पाण्डे, डिआरसी नबिन कंडेल, सुजाता केसी लगायत दर्जनै अभियान्तहरुले केसीलाई सहयोग सहित सफलताको लागि शुभकामना व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा पूर्व आईसीसी यूवा उपसंयोजक कृष्ण गिरी, पूर्व आईसीसी सदस्य दिनेश जोशी, पूर्व आरसीका उम्मेदवार प्रेम सापकोटा, एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष देब गुरुङ, अष्ट्रेलिया पत्रकार संघका पूर्व अध्यक्ष हेमन्त काफले, डा.कृष्ण हमाल, सोम प्रसाद गुरुङ, अभिमन्यू केसी, लोकनाथ पौडेल, डा. राजु अधिकारी लगायतले पनि शुभकामना दिनु भएको थियो ।

एनआरएनए अष्ट्रेलियाको बिभिन्न पदमा जिम्मेवारी निर्वाह गर्दै सन २०११ देखि २०१३ का लागि अध्यक्ष भएर सफल कार्य सम्पादन गरीसक्नु भएको छ । केसीले सन २०१२ मा अष्ट्रेलियामा भएको एनआरएनए ग्लोवलको क्षेत्रिय सम्मेलन भब्य र ऐतिहासिक आयोजना गर्दै सफल पार्न भूमीका खेल्नु भएको थियो ।

त्यस्तै, सन २०१३ मा आईसीसी सदस्य भएर कार्य गर्नु भएको केसी सन २०१५ र  २०१७ मा सचिवका रुपमा उपविजेता हुनुहुन्थ्यो भने हाल आइसिसी मानार्थ सदस्य हुनुुहुन्छ ।


प्रकाशित | २३ आश्विन २०७८, शनिबार १३:५२