संविधान संशोधनको विषयमा छलफल गर्न काँग्रेस केन्द्रीय कार्यसमिति बैठक शनिबार बस्दै

काठमाडौं:  नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शनिबार दिउँसो १ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, ललितपुरमा बस्ने भएको छ ।

पार्टी कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख भएअनुसार संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव बैठकको एजेण्डा हुनेछ । साथै उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ ।


प्रकाशित | १६ जेष्ठ २०७७, शुक्रबार ११:५६