सुन एकैदिन २३ सयले घट्यो, तोलाको ९३ हजारमा कारोबार

काठमाडौँ । सुनको प्रतितोला मूल्यमा एकै दिन ठूलो गिरावट आएको छ । शुक्रबारको तुलनामा सुनको प्रतितोला मूल्य २३ सयले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघले आइतबारका लागि छापावल सुनको प्रतितोला मूल्य ९३ हजार रुपैयाँ तोकेको छ । शुक्रबार ९५ हजार तीन सय रुपैयाँ छापावल सुन कारोबार भएको थियो ।
आजका लागि तेजाबी सुनको प्रतितोला मूल्य ९२ हजार पाँच सय रुपैयाँ तोकिएको छ । यस्तै चाँदीको प्रतितोला भाउ पनि ६० रुपैयाँले सस्तिएको छ । शुक्रबार १३ सय ३० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आइतबार १२ सय ७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।


प्रकाशित | २६ पुष २०७७, आईतवार १४:०८