कागेश्वरी मनोहराबासीसँग गरेको वाचा पूरा गर्दै मेयर कार्की, शिक्षा, स्वास्थ्य, खानेपानी, खेलकूद, उद्यमशीलता र सडक क्षेत्रमा महत्वपूर्ण उपलब्धी

काठमाडौं: कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीले एक वर्षमा देख्न लायक महत्वपूर्ण काम भएको बताउनु भएको छ । मेयर कार्कीले एक वर्षमा महत्वपूर्ण उपलब्धी हासिल गर्न सफल भएको र आफूले निर्वाचनमा ब्यक्त प्रतिबद्धता पूरा हुने चरणमा रहेको बताउनुभएको हो ।

एक कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख कार्कीले नगरबासीको शिर उच्चो हुने गरि र सबैले गर्व गर्न लायक काम गरेर देखाउन लागिपरेको समेत स्पष्ट पार्नुभयो । शिक्षा, स्वास्थ्य, उद्यमशीलता, खेलकूद र खानेपानीका क्षेत्रमा महत्वपूर्ण उपलब्धी हासिल भइरहेको मेयर कार्कीको भनाई छ ।

कागेश्वरीको फोहोर कागेश्वरीमै ब्यवस्थापन गर्ने कार्यमा समेत आफू लागिपरेको उहाँले बताउनुभयो । एक सहकारी एक उद्यमशीलताका कार्यक्रम सञ्चालनलगायत काम गर्न लागिरहेको जानकारी दिनुयभो ।

ब्यवस्थित शहर निर्माण र पूर्वी उपत्यका शहरी विकास आयोजना अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो । नगर प्रमुख कार्कीले एक वर्षमा २७ किलोमिटर भन्दा बढी बाटो कालोपत्रे गर्न सफल भएको पनि बताउनुभयो ।

खेलकूद क्षेत्रमा अन्तराष्ट्रिय स्तरको रक्की स्टेडियम निर्माण हुन लागिएको पनि जानकारी गराउनुभयो । साथै उहाँले गोठाटार भैमाल खानेपानी, डाँछी भद्रबास र काँडाघारी खानेपानी आयोजना अगाडि बढिरहेको उहाँले बताउनुभयो ।


प्रकाशित | १६ श्रावण २०८०, मंगलवार २०:१९