देश अब नयाँ जनादेशबाट अघि बढ्छ : मन्त्री पार्वत गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले ब्यवसायीलाई ढुक्क भएर काम गर्न आग्रह गर्नुभएको छ । पछिल्लो राजनीतिक परिवर्तनबाट व्यवसायलाई असर नपर्ने बताउँदै मन्त्री गुरुङले ब्यवसायीलाई ढुक्क भएर अघि बढ्न आग्रह गर्नुभएको हो ।

नेपाल हब्र्स तथा हर्बल उत्पादक सङ्घको अधिवेशनमा सम्बोधन गर्दै उहाँले कतिपय व्यवसायीमा कतै सङ्कटकाल लाग्ने हो कि अरु केही भइहाल्छ कि भन्न आशङ्का गरे पनि त्यस्तो केही नहुने स्प्रष्ट पार्नुभयो ।

उहाँले देश अब नयाँ जनादेशबाट अघि बढ्ने बताउँदै भन्नुभयो, “व्यवसायी पनि नयाँ ऊर्जाका साथ अघि बढ्नुहोस । ” सङ्घका पूर्वअध्यक्षसमेत रहनुभएका मन्त्री गुरुङले हर्बल व्यवसायले युवा वर्गलाई आफ्नो गाउँ फर्काउन सक्ने उल्लेख गर्नुभयो । यस क्षेत्रले रोजगारीको सिर्जना गरेर समृद्धिमा सहयोग पु¥याउने उहाँको भनाइ छ ।

उहाँले व्यवसायीलाई उत्पादन बढाउन र निर्यात प्रवद्र्धन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । सञ्चार मन्त्रालयका तर्फबाट मन्त्रालयको कार्यक्षेत्रमा पर्ने कुरामा सहयोग पु¥याउने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “मन्त्रालयले डिजिटल नेपाल बनाउन लागेको इकमर्स र इबिजनेसमार्फत अघि बढ्नुहोस् ।”


प्रकाशित | २२ पुष २०७७, बुधबार २१:१६