कतारको श्रम स्वीकृति र भिसा सेन्टरको सेवा बन्द

काठमाडौं : कतार सरकारले नेपालसहित १४ देशका नागरिकलाई अर्को व्यवस्था नभएसम्मका लागि कतार प्रवेशमा रोक लगाएसँगै वैदेशिक रोजगारीका लागि कतार जानेहरूका लागि श्रम स्वीकृति दिन बन्द गरिएको छ ।

श्रम कार्यालय ताहाचलले मंगलबार एक विज्ञप्ति जारी गर्दै कतारका लागि श्रम स्वीकृति बन्द गरेको जनाएको छ । श्रम कार्यालय ताहचलका प्रमुख उमेश बस्नेतले कतारले अर्को व्यवस्था नभएसम्मका लागि कतार प्रवेशमा रोक लगाएसँगै श्रम स्वीकृति दिन बन्द गरिएको जानकारी गराउनुभयो ।

नेपालस्थित कतार भिसा सेन्टरको सेवा पनि मंगलबारबाट बन्द भएको छ । भिसा सेन्टरका प्रमुख कार्यकारी अधिकृत गौरव क्षत्रीका अनुसार वैदेशिक रोजगारीका लागि कतार जाने नेपाली कामदारहरूको स्वास्थ्य परीक्षणलगायत भिसा प्रक्रियाको काम अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको हो । सेन्टर गत १५ जेठदेखि राजधानीको महाराजगञ्जस्थित चक्रपथमा भिसा सेन्टर सञ्चालनमा आएको थियो ।


प्रकाशित | २७ फाल्गुन २०७६, मंगलवार १८:५४