ओली अध्यक्ष भएको पार्टी वैधानिकः ईश्वर पोखरेल

सिन्धुली । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता ईश्वर पोख्रेलले पूर्वसम्झौताको पालना गर्दै एकताका पक्षमा उभिन नेताकार्यकर्तालाई आग्रह गर्नु भएको छ । सिन्धुलीमा बुधबार पार्टी नेता तथा कार्यकर्तासँगको भेटघाटका क्रममा उहाँले पार्टी एकता, कम्युनिस्ट एकता, देश र जनताको हितका लागि आवश्यक छ भन्दै सबै नेता र कार्यकर्तालाई पार्टी विभाजन नभई एकताका पक्षमा उभिन आग्रह गर्नु भएको हो ।ईश्वर पोख्रेल
विगतमा कम्युनिस्ट पार्टीको फुटबाट पाठ सिक्दै अघि बढेको नेकपामा यतिबेला नेताहरु आरोपप्रत्यारोपमा लाग्नु गलत भएको जनाउँदै उहाँले जनतामाझ भएका यथार्थ लैजानसमेत आग्रह गर्नु भयो ।
आरोपप्रत्यारोपले कम्युनिस्ट आन्दोलनका उपलब्धि पूरा नहुने भएकाले नेतृत्वलाई कसैले तुच्छ वचनले गाली नगर्न समेत उहाँले आग्रह गर्नु भयो । पार्टीको बैठक महासचिवले अध्यक्षको सहमतिमा बोलाउने र निर्णय गर्ने विधि भएकाले केपी शर्मा ओली अध्यक्ष भएको पार्टी नै वैधानिक भएको जिकिर समेत उहाँले गर्नु भयो ।


प्रकाशित | २२ पुष २०७७, बुधबार १३:५७