गणेश भैरव जात्राको अवसरमा आइतबार सार्वजनीक बिदा दिने कागेश्वरी मनोहरा नगरपालिकाको निर्णय

काठमाडौं: कागेश्वरी मनोहरा नगरपालिकाले गणेश भैरव जात्राको अवसरमा आइतबार सार्वजनीक बिदा दिने भएको छ । शुक्रबार बसेको नगर कार्यपालिकाको बैठकले प्रत्येक वर्ष बैशाख शुक्ल तृतीयको दिन पर्ने गणेश भैरव जात्राको अवसरमा सार्वजनीक बिदा दिने निर्णय गरिएको हो ।

प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलााले एक सूचना प्रकाशित गर्नुहुँदै सो जानकारी गराउनु भएको हो । उहाँले स्थानीय जात्रालाई मध्यनजर गर्दै सार्वजनीक बिदा दिने निर्णय भएकाले जात्रामा सहभागि हुन सबैमा आग्रह गर्नु भएको थियो ।


प्रकाशित | ८ बैशाख २०८०, शुक्रबार १८:१३