चलचित्र ‘रेस’को ट्रेलर रिलिज (भिडियो )

काठमाडौं : चलचित्र ‘रेस’को ट्रेलर रिलिज भएको छ । चलचित्र आगामी २४ जेठबाट रिलिज भएको हो । चलचित्र ‘रेस’मा नीता ढुंगाना, पुष्पा लिम्बु, सुलेमान (ईकु), किरण केसी, जियान र एजेश सैंजुको मुख्य भूमिका छ । माता पाथिभरा फिल्मस् र लिबांग फिल्मस् प्रोडक्सन प्रालि को संयुक्त प्रस्तुति रहेको यो चलचित्रलाई नेपाल मात्र नभई विदेशमा पनि सार्वजनिक गर्ने निर्माण टिमले जनाएको छ ।

किशोर सुब्बाको लेखन, निर्माण र निर्देशन रहेको यो चलचित्रमा मौनता श्रेष्ठको पटकथा र संवाद, आनन्द राई र सञ्जित लामाको सङ्गीत, गोविन्द राईको नृत्य, शंकर महर्जनको द्वन्द्व रहेको छ । चलचित्रका मुख्य निर्माता हस्त लिबांग हुन भने निर्माताहरुमा बिशाल थेबे, हेमन्त गौतम, चन्द्र लिम्बू, सञ्जिब लिङ्गदेन र राज सेम्बू, कार्यकारी निर्माता किशोर पालुङ्गवा तथा सहनिर्मातामा पासाङ ह्याल्मो, रबी कुमार गुरुङ र पदम चोंगबाङ्ग रहेका छन् ।

 


प्रकाशित | १५ जेष्ठ २०७६, बुधबार १२:२८