एनआरएनएको विशेष महाधिवेशनको उद्घाटन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गर्ने

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) को विशेष महाधिवशेनको तयारी तीब्र पारिएको छ । विशेष महाधिवेशनको उद्धघाटन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गर्ने निश्चित भएको छ । ज्ञवालीले जनवरी २३ र २४ तारिख हुने विशेष महाधिवेशनको उद्धघाटन गर्ने टुंग्गो लागेको हो ।

संघका अनुसार हालसम्म विश्वभरका करिब ५० देशका करिब १३ सय जना प्रतिनिधीले आआफ्नो नाम दर्ता गरिसकेका छन् । अधिवेशनमा आर्थिक, वार्षिक र विधान प्रतिवेदनमाथि छलफल गर्ने तयारी गरिएको छ ।

सन् २०१९ को अक्टोवरमा सम्पन्न ९ औं महाधिवेशनमा भाग लिएका प्रतिनिधीहरुलाई नाम दर्ता गर्न आगामी मंगलबार सम्मको म्याद तोकिएको छ । संघले नयाँ प्रतिनिधीहरुको नाम दर्ता बुधवार देखी शुरु गर्ने बताएको छ ।

आगामी विशेष महाधिवेशनमा अनलाईन भोटिगं, प्रतिनिधी छनौट विधी, केन्द्रीय पदाधिकारीमा केहि पद थप्ने र केहि हटाउने गरि प्रस्ताव लग्ने तयारी छ । विशेष गरि सचिव विभिन्न क्षेत्रस्तरमा थप्ने गरि ६ वटा राख्ने र सह-कोषाध्यक्ष दुई वटा राख्ने गरि प्रस्ताव लग्ने तयारी भइरहेको जनाइएको छ ।


प्रकाशित | २१ पुष २०७७, मंगलवार २०:१५