सूर्यविनायकका कृषकलाई क्षमता अभिवृद्धि तालिमका लागि एमओयुमा हस्ताक्षर

भक्तपुर: इन्टरनेशनल डेभलपमेन्ट इन्स्टिच्युट (आईडीआई) र सूर्यविनायक नगरपालिकाबीच कृषिमा आधारित उद्यमशीलताको क्षमता अभिवृद्धि तालिमका लागि एमओयुमा हस्ताक्षर भएको छ ।

आईडीआइ र नगरबासीबीच सूर्यविनायकमा तरकारी खेती, फुलखेती, पशुपालन र मल उत्पादक किसानहरूलाई उद्यमशीलता सीप बलियो बनाउन क्षमता अभिवृद्धि तालिम दिने गरि सम्झौता भएको हो । सम्झौता अनुसार परियोजना ६ महिनासम्म चल्नेछ ।

This image has an empty alt attribute; its file name is pic4-1024x768.jpg

सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, उपप्रमुख सरिता तिमसिना भट्टराई , प्रमुख प्रसासकिय अधिकृत राजेन्द्र कंडेल र इन्टरनेशनल डेभलपमेन्ट इन्स्टिच्युट (आईडीआई) को तर्फवाट रोशन धिमिरे, नृपा देवकोटा र ट्रान्स हिमालयन इन्भायरमेन्ट एन्ड लिभलिहुड प्रोग्राम (टीहेल्प) बाट आनन्द शोभा ताम्राकार, हिमा श्रेष्ठ सहितको सहभागितामा सहमति पत्रमा हस्ताक्षर भएको हो ।

हस्ताक्षर कार्यक्रममा वडा नं. ७ का अध्यक्ष एवं नगरपालिकाका प्रवक्ता रविन्द्र सापकोटा, वडा नं. ८ का अध्यक्ष एवं आर्थिक विकास समितिका संयोजक पुष्प वस्नेत, वडा नं. ४ का अध्यक्ष लछुराम न्यौपाने र कृषि तथा पशुपालन शाखाका कर्मचारीहरुको समेत उपस्थित रहेको थियो ।


प्रकाशित | ६ फाल्गुन २०७९, शनिबार १३:२९