सरकारको विरोधमा खनीए नेकपाकै नेता भीम रावल

काठमाण्डौ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावल सरकारको विरोधमा खनीनुभएको छ । रावलले अमेरिकी राजदूत र्‍याण्डी बेरीका कुटनीतिक मर्यादाविपरीतका गतिविधि रोक्न नसकेको भन्दै सरकारको चर्को आलोचना गर्नुभएको छ । नेता रावलले अमेरिकी राजदूत बेरीले ‘राजदूतसँग गफगाफ’ कार्यक्रम सञ्चालन गर्नु कुटनीतिक मर्यादा विपरीत भए पनि त्यसलाई सरकारले नियन्त्रण गर्न नसकेको भन्दै विरोध जनाउनुभयो ।

सोमबार प्रतिनिधिसभा बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेटमाथिको प्रारम्भिक छलफलमा भाग लिँदै उहाँले भियना अभिसन्धि विपरीत अमेरिकी राजदूत बेरीले त्यस कार्यक्रम सञ्चालन गर्दा पनि किन नियन्त्रण गर्न नसकेको ? भनि सरकारलाई प्रश्न पनि गर्नुभयो ।
बजेटमा राष्ट्रिय स्वाभिमानमा जोड दिए पनि व्यवहारमा सरकारले त्यहीअनुसार काम गरेर देखाउन नसकेको भन्दै कडा शब्दमा आलोचना समेत गर्नुभयो ।


प्रकाशित | २० जेष्ठ २०७६, सोमबार १७:३७