राष्ट्रपतिद्धारा वैकल्पिक सरकार गठनका लागि आह्वान, दलहरुलाई २१ घण्टाको समय सीमा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार गठन गर्न दलहरुलाई आह्वान गर्नुभएको छ । आज बसेको मन्त्रीपरिषदको बैठकले प्रधानमन्त्रीले विश्वासको मत नलिने र बैकल्पिक सरकारका लागि बाटो खुला गर्ने निर्णय गरेसँगै सरकारको सिफारिसमा राष्टपतिले बैकल्पिक सरकार गठनका लागि आह्वान गर्नु भएको हो। यसका लागि उहाँले दलहरुलाई जम्मा २१ घण्टा समय दिनुभएको छ ।


प्रकाशित | ६ जेष्ठ २०७८, बिहीबार २०:३६