सूर्यविनायकमा नेकपा एकढिक्का छ, पार्टी विभाजनले कुनै फरक पारेको छैन : बासुदेव थापा

भक्तपुर । सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले नगरमा मुलधारको नेकपा एकढिक्का रहेको बताउनुभएको छ । नेकपाको सूर्यविनायक नगरस्तीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा जिल्ला नेता समेत रहनु भएको थापाले पार्टी विभाजन हुनु नुहनुले नगरमा कुनै फरक नपारेको र नपर्ने बताउनुभयो ।

तत्कालीन एमालेबाट निर्वाचीत भएका सबै जनप्रतिनिधि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गर्नुभएको मुलधारको नेकपामा एकढिक्का रहेको र छिटफुट बाहेक पार्टी विभाजनले कुनै फरक नपर्ने मेयर थापाले बताउनुभयो ।

सूर्यविनायक नगरपालिकामा नेकपाको बलियो प्रभाव छ । त्यहीमाथि नगर प्रमुख थापाले नगर विकासमा खेल्नुभएको योगदानको कारण पनि नेकपाप्रति आस्था र विश्वासमाथि ढुलमुल हुन सकेको छैन ।

मेयर थापाले आगामी निर्वाचनमा समेत नेकपाले नै अत्याधिक बहुमतका साथ विजयी हासिल गर्ने पनि बताउनुभयो । नगरको अगुवा कार्यकर्ता भेलाको सहभागिताले आफूहरुको एकतालाई थप पुष्टि गरेको पनि मेयर थापाले बताउनुभयो ।


प्रकाशित | २० पुष २०७७, सोमबार २१:०२