एनआरएनए अमेरिकामा अध्यक्ष साहको सक्रियता, पहिलो पटक महिला सम्मेलन

न्यूयोर्क : गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाले आफनो सक्रियता निकै बढाएको छ । एनसिसी अध्यक्ष सुनील साह नेतृत्वमा रहेको कार्यसमितिले आफनो सक्रियता निकै बढाएको हो ।

पछिल्लो समय एनआरएनए एनसिससी अमेरिकाको इतिहासमै नमूना कार्यको थालनी भइरहेको छ । विशेष गरि संघमा महिला समावेशीता र सहभागिताको विषय उठीरहँदा एनसिसी अमेरिकाले महिलाहरुको मागअनुसार पहिलो महिला राष्ट्रिय सम्मेलन सफलता पूर्वक सम्पन्न गरेको छ ।

अध्यक्ष सुनील साह यो सम्मेलन एनआरएनए अभियानकै पहिलो ऐतिहासिक राष्ट्रिय महिला सम्मेलनको रुपमा सम्पन्न भएकोमा खुसी ब्यक्त गर्नुहुन्छ ।

अध्यक्ष साहका अनुसार सम्मेलनका क्रममा महिला सशक्तीकरण, प्रवासमा नेपाली महिलाको अवस्था, एनआरएन अभियानमा महिला, एनआरएनए अभियानमा युवाको सहभागिता र अवस्था, एनआरएनएमा महिलाको सहभागिता हिजो,आज र भोली जस्ता तमाम राष्ट्रिय, अन्तराष्ट्रिय र एनआरएन अभियानसँग अन्तरसम्बन्धित विषयमा अन्तरक्रियात्मक छलफल भएको थियो ।

महिला सम्मेलनले आगामी दिनमा अझ प्रभावकारी कार्य गर्नका लागि अर्थ पूर्ण भूमिका खेलेको बताउनुभयो । साथै अध्यक्ष साहले सम्मेलन सफल पार्न सहयोग गर्ने सबैमा धन्यवाद समेत ज्ञापन गर्नुभएको छ ।


प्रकाशित | १२ आश्विन २०७७, सोमबार १९:५६