संसद विघटनविरुद्ध काँग्रेसद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

काठमाडौँ । संसद विघटनविरुद्ध नेपाली काँग्रेसले दोस्रो चरणको आन्दोलन तय गरेको छ । आइतबारको काँग्रेस केन्द्रीय समिति बैठकले ३३० प्रदेश निर्वाचन क्षेत्रमा आन्दोलन गर्ने निर्णय लिएको छ ।
पार्टीका शीर्ष नेता सम्मानित छलफलबाट पुस २५ गते सबै प्रदेश निर्वाचन क्षेत्र संसद विघटन विरुद्ध आन्दोलन गर्ने सहमति भएको छ । उक्त सहमति लिएर शीर्ष नेताहरु बैठक हलमा प्रवेश गरेका छन् । दिउँसो १ बजेलाई बोलाइएको बैठक ३ः३० बजेबाट सुरु भएको छ । बैठकमा नेताहरूले धारणा राख्ने क्रम जारी छ ।


प्रकाशित | १९ पुष २०७७, आईतवार १६:०७