सन्दीपले बिगबासमा आज पहिलो खेल खेल्ने

काठमाडौँ । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियामा जारीबिग बास लिगमा यस यामको पहिलो खेल आज खेल्नु हुनेछ ।
चौध दिनको अनिवार्य क्वारेन्टाइनको समय सकिएपछि उहाँले पहिलो खेल मेलवर्न स्टार्सविरुद्ध खेल्न लाग्नु भएको हो ।
होबार्ट हुरिकेन्समा आबद्ध लामिछानेले कोरोना भाइरसको सङ्क्रमणका कारण यस यामका शुरुआतका छ खेल गुमाउनु भएको थियो ।
नेपालमै छँदै कोरोनाबाट सङ्क्रमित भएका कारण लामिछानेलाई बिगबास लिग खेल्नका लागि अष्ट्रेलिया जान ढिला भएको थियो ।


प्रकाशित | १८ पुष २०७७, शनिबार ०८:४५