सूर्यविनायक नगरपालिकाद्धारा दृष्टी विहिन विद्यार्थीलाई ल्यापटप सहयोग

भक्तपुर: अपांगता भएका व्यक्तिहरुलाई सहायक सामाग्री दिने कार्यक्रम अन्तर्गत दृष्टी विहिन विद्यार्थीलाई ल्यापटप सहयोग गरिएको छ । सूर्यविनायक नगरपालिका स्थित वडा नं २ का निश्चल शिवाकोटी र वडा नं ३ का सुयोग ढुंगेललाई कलेज अध्ययनमा सहजताका लागि ल्यापटप सहयोग गरिएको हो ।

निश्चल आरआर क्यामपसमा पोलिटिकल साईन्स र म्युजिक लिएर स्नातक अध्ययनरत छन भने सुयोग मोर्डन ईगलीस स्कुलमा कानुन विषयमा १२ कक्षामा अध्ययनरत छन् । सुनपाका नगर प्रमुख वासुदेव थापा तथा उप प्रमुख तथा नगर अपांगता समन्वय समितिका संयोजक सरिता तिमसिना भट्टराईले उक्त सहायक सामाग्री वितरण गर्नुभयो ।

नगर प्रमुख थापाले नगरपालिकाले सवै क्षेत्रलाई समेट्दै धेरै थरिकै अपांगता भएका व्यक्तिहरुलाई आवश्यकता वमोजिम सहायक सामग्री सहयोग गर्दै आएको जानकारी गराउनुभयो । दृष्टीविहिन विद्यार्थीहरुलाई यी सामाग्रीको सही सदुपयोग गर्दै उच्च अध्ययन गरि दशेको असल नागरिक बन्न शुभकामना दिनुभयो ।

उपप्रमुख तथा नगर अपांगता समन्वय समितिका संयोजक भट्टराईले अहिलेका विद्यार्थीहरु प्रविधिमैत्री हुन पर्ने भएकाले दृष्टीविहिन विद्यार्थीहरुलाई ल्यापटम मार्फत अध्ययन गर्दा सहज हुने विश्वासका साथ उच्च अध्ययन सफलताको शुभकामना दिनु भयो ।

समावेशीकरण शाखा प्रमुख रञ्जना पोखरेलले नगरपालिकाले बनाएको नीति नियम बमोजीम शाखा मार्फत अपांगता, जेष्ठ नागरिक र बालबालीको लागि योजना कार्यान्वयन गर्ने काम गर्दै आएको जावकारी गराउनुभयो ।


प्रकाशित | १५ आश्विन २०८०, सोमबार ११:३५