चेपाङ बस्तीका सयौ परिवारलाई खाद्यान्न सहयोग गर्दै जनसम्पर्क समिति यूके सभापति युवराज गुरुङ

लन्डन:  नेपाली जनसम्पर्क समिति यूके सभापति युवराज गुरुङ नेपालमा जारी लकडाउनको कारण समस्यामा परेका विपन्न परिवारलाई खाद्यान्न सहयोग गर्ने तयारीमा जुट्नुभएको छ । सभापति गुरुङले चितवनको इच्छाकामना गाउँपालीकामा रहेका ती वर्गलाई राहतस्वस्प खाद्यान्न सहयोग गर्न लाग्नुभएको हो ।

सभापति गुरुङले इच्छाकामना गाउँपालिकाका मजदूर र चेपाङ बस्तीमा चामाल सहयोग गर्न लागेको जानकारी दिनुभयो । चेपाङ बस्ती भएकाले अहिलेको लागि अन्य सामान भन्दा बोरै चामाल सहयोग गर्दा उनीहरुलाई राहत मिल्ने देखिएकाले ३ सय बोरा चामाल सहयोग गर्न लागिरहेको सभापति गुरुङले बताउनुभयो ।

सभापति गुरुङका अनुसार मानीसहरु लकडाउनको कारण बिहान बेलुका छाक टार्न समस्यामा परेकाले सोही गाउँपालीका र स्थानीयबासी तथा यूके बसोबास गर्दै आउनुभएको विनय अधिकारीको आग्रहमा सहयोग गर्न लागिएको हो ।

सभापति गुरुङले आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धताबमोजीम गाउँपालीकाको पत्र प्राप्त भएकाले छिट्टै सहयोग गरिने बताउनुभयो ।  सो सहयोग नेपालमा रहनु भएको विनय अधिकारीको रोहवरमा वितरण गरिने पनि सभापति गुरुङले बताउनुभयो ।


प्रकाशित | ७ जेष्ठ २०७७, बुधबार १७:५३