राप्रपाले भन्यो – निर्वाचन आयोगको पत्र संविधानको मर्म र भावना विपरित

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले निर्वाचन आयोगले पठाएको पत्र नेपालको संविधानको मर्म र भावना विपरित भएको बताएको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय चाबहिलमा बसेको केन्द्रीय पदाधिकारीको बैठकले आयोगविरुद्ध कानूनी र राजनीतिक उपचार खोज्ने निर्णय गरेको हो ।

अध्यक्ष राजेन्द्र लिङदेनले निर्वाचन आयोगले भन्दैमा राष्ट्रिय प्रजातन्त्र पार्टीको मूल सिद्धान्त नै संशोधन गरेर नजाने बताउनुभयो । उहाँले आफ्नो पार्टीको विधान संविधानको परिधि भित्र नै रहेकोले आयोगको निर्देशन पूर्वाग्रही देखिएको भन्दै उचित समयमा त्यसको जवाफ दिने बताउनुभयो ।


प्रकाशित | ९ माघ २०७८, आईतवार १९:४७