प्रमोद ढुङ्गेलको ‘आमा’ गीत सार्वजनिक

काठमाडौं। गीतकार प्रमोद ढुङ्गेलको “आमा” गीत सार्वजनिक भएको छ । क्यान्सर जस्तो पिडादायक रोगबाट पिडित आफ्नी प्यारी आमालाई गत माघमा गुमाउनु भएका गितकार ढुङ्गेलले आमाकै बरखी अर्थात बार्षिक श्राद्द्को दिन “आमा “ शिर्षकमा यो गित सार्वजनिक गर्नु भएको हो ।

यो गितलाइ बरिष्ठ सङ्गितकार शक्ति वल्लभले सङ्गीत गर्नु भएको हो भने राम कृष्ण ढकालले गीतमा स्वर दिनु भएको छ । यस गितका एरेन्जर निरज श्रेष्ठ रहनु भएको छ भने रेकर्डिस्ट भोला पौडेल हुनुहुन्छ । भिडियो लाई नव ढुङ्गेलले निर्देशन गर्नु भएको छ भने सम्पादन प्रविन श्रेष्ठको रहेको छ । भिडियो हेर्नुहोस् ;


प्रकाशित | २४ फाल्गुन २०७७, सोमबार ११:४३