प्रचण्डले बोलाए स्थायी कमिटी बैठक

काठमाडौँ– नेकपा माओवादी केन्द्रले स्थायी कमिटि बैठक आह्वान गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेपछि अध्यक्ष प्रचण्डले बेलुका ५ बजे स्थायी कमिटिको बैठक बेोलाउनुभएको हो ।

बैठक पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको हो ।बैठक सरकार गठनका लागि भइरहेका प्रयासका बारेमा स्थायी कमिटि सदस्यहरुलाई जानकारी गराउने र सुझाव लिने उद्धेश्यले बोलाइएको एक नेताले जानकारी गराए ।

यसअघि अध्यक्ष प्रचण्ड कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेट गरि राष्ट्रपतिले दिएको समयभित्र नयाँ सरकार गठनको दाबी गर्ने सहमति गरेर फर्कनु भएको छ । भेटवार्तामा राष्ट्रपतिले तोकेको समय सीमाभित्र नयाँ सरकार गठनका लागि समयमै दलको दावी पेश गर्नेबारे छलफल भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार सरकार गठन गर्न दलहरूलाई दिएको समय आज बेलुकी ९ बजे सकिँदैछ।


प्रकाशित | ३० बैशाख २०७८, बिहीबार १६:५८