एनआरएनए स्वीडेनमा घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन

स्टकहोल्म : गैर आवासीय नेपाली संघ स्वीडेनको नयाँ कार्यसमिति निर्विरोध निर्वाचीत भएको छ । आगामी कार्यकाल २०२३-२०२५ को लागि गंगा प्रसाद घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचीत भएको हो । आइसिसी सदस्यमा पनि दिनेश कुमार श्रेष्ठ निर्विरोध निर्वाचीत हुनु भएको छ ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा विजय प्रधान, महासचिवमा राजेन्द्र तामाङ्ग, सचिवमा नरेश कुमार भण्डारी र कोषाध्यक्षमा सुभास चन्द्र घिमिरे चयन हुनु भएको छ । युवा संयोजकमा विवेक केसी र महिला संयोजकमा सन्जिता शर्मा चयन हुनु भएको छ ।

त्यस्तै, कार्यसमिति सदस्यहरुमा क्रमशः शक्ति लामा, चुम बहादुर गुरुङ्ग, असरफ अलि, अन्जना गिरी, अर्जुन गुरुङ्ग र विमान सिंह तामाङ्ग निर्वाचीत हुनु भएको हो । एनआरएनए स्वीडेनको अधिवेशन भने २९ जुलाई मा हुँदैछ ।


प्रकाशित | ३ श्रावण २०८०, बुधबार २१:१९