हिट कमेडीमा काम गर्दै सारा !

काठमाडौँ :  बलिउड नायीका सारा अलि खान अब आफ्नै आमाको सुपरहिट सिनेमाको रिमेकमा काम गर्ने भएकी छन । उनलाई आफ्नी आमा अमृता अभिनित ‘चमेलीकी शादी’नामक सिनेमा प्रस्ताव गरिएको छ । बलिउडको सुपरहिट कमेडीमा पर्ने यस सिनेमामा अनिल कपुर र अमृता सिंहको मुख्य भूमिका थियो। रिलिजपछि दर्शकहरुले अमृताले सिनेमामा निर्वाह गरेको चलुबुले चरित्रलाई खुबै मनपराएका थिए ।

यो सिनेमाको एकतर्फ छिट्टै सुटिङ हुने चर्चा छ भने अर्को तरफ सिनेमालाई लिएर सारा दुविधामा रहेको समेत बताइन्छ । सारालाई आफूले सो भुमिका गर्न सक्छु कि सक्दिन भन्ने दुविधा रहेको छ । उनलाई सो भुमिकामा आफूले न्याय गर्न नसक्ने होकी भन्ने आशंका छ ।

यसले गर्दा साराले यो सिनेमा गर्ने नगर्ने टुङ्गो लगाउन केही समय अझ लाग्ने अनुमान गरिएको छ। सारा हाल आफ्ना बाबु सैफले अभिनय गरेको ‘लभ आज कल’को सिक्वलको प्रचारमा व्यस्त छिन् ।


प्रकाशित | २६ माघ २०७६, आईतवार १७:२०