मध्यपुर थिमीमा मेयरमा कांग्रेस र उपमेयरमा एमालेको अग्रता कायमै

भक्तपुर । नेपाली काँग्रेसले मध्यपुर थिमिमा भारी मतका साथ अग्रता लिएको छ । वडा नं. १ को मत गन्दा नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठले ५३८ मतले अग्रता लिनु भएको हो । श्रेष्ठले १ हजार ८०५ मत प्राप्त गर्दा उहाँको निकटम प्रतिद्धन्द्धी नेकपा एमालेमा मदनसुन्दर श्रेष्ठले १ हजार २६७ मत प्राप्त गर्नु भएको छ ।

उपप्रमुखमा नेकपा एमालेका उत्तरा नेपालले अग्रता कायम गर्नु भएको छ । नेपालले १ हजार ४८७ मत प्राप्त गर्दा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका विजयकृष्ण श्रेष्ठले १ हजार १८४ मत ल्याउनु भएको छ ।

त्यस्तै, सो वडामा काँग्रेसका बाबुकाजी डंगोल विजयी हुनु भएको छ । उहाँले १ हजार ७ सय ६ मत ल्याएर विजयी हुनुभयो । उहाँको प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार कृष्णगोपाल प्याथले १ हजार २९० मत पाउनु भएको छ ।

 


प्रकाशित | ३१ बैशाख २०७९, शनिबार २०:३२