एनआरएनए क्यानडाले मेलम्चीका बाढी पहिरो पीडितलाई तत्काल ५ लाख सहयोग गर्ने

क्यानडा। गैर आवासीय नेपाली संघ (एनआरएनए) क्यानाडाले सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रलगायतका बाढी पहिरो पीडितका लागि तत्काल ५ लाख रुपैयाँ सहयोग प्रदान गर्ने निर्णय गरेको छ ।संघका अध्यक्ष चिरञ्जीवी घिमिरेको अध्यक्षतामा भएको भर्चुअल बैठकले बाढी पहिरो पीडीतलाई सहयोग उपलब्ध गराउने निर्णय भएको हो ।

क्यानडामा रहेका सघ सस्थालगायत सिङ्गो नेपाली समुदायलाई सहयोगका लागि एनआरएनए क्यानाडाले खुलेर सहयोग गर्न अपिल समेत गरेको छ । संघले यस अघि जेठ २४ गते सोमबार नेपालमा कोरोना (कोभिड–१९) महामारीसँग लडाइँमा थप सहयोगका लागि क्यानाडामा रहेका विभिन्न संघ सस्थासँग सहकार्य गरी ७५ थान अक्सिजन कन्सन्ट्रेटर्स उपकरण नेपाल सरकारलाई हस्तान्तर गरेको थियो ।


प्रकाशित | ६ असार २०७८, आईतवार ०८:५६