नेशनल प्याव्सन भक्तपुरले मनायो २४ औँ स्थापना दिवस

भक्तपुर -राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसियसन नेपाल (नेशनल प्याव्सन) को २४ औँ स्थापना दिवस एक समारोहका बीच नेशनल प्याव्सन भक्तपुरले मनाएको छ ।

स्थापना दिवसको अवसरमा नेशनल प्याव्सन भक्तपुरद्वारा आयोजित शुभकामना आदानप्रदान एवं समसामयिक विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । नेशनल प्याव्सन भक्तपुरका अध्यक्ष संजय खड्काले केक काटेर कार्यक्रमको उदघाटन गर्नु भएको थियो ।

कार्यक्रममा अध्यक्ष खड्काले नेशनल प्याव्सन भक्तपुरका सदस्य विद्यालयहरु कोभिड- १९ को कारण स्कुल बन्द हुँदा अबको बाटो कसरी अगाडि बढ्ने भन्ने कुरामा छलफल एवं अन्तरक्रिया गरिएको बताउनु भएको थियो ।

साथै सदस्य विद्यालयहरुको सुदृढिकरण गरेमा मात्र छाता संगठन पनि मजबुद हुन सक्ने भन्दै खड्काले सदस्य विद्यालयहरुको “पूर्व प्राथमिक तह स्तरोन्नति” कार्यक्रम ल्याइएको जानकारी दिदै उक्त कार्यक्रमले विद्यालयहरुको स्तरोन्नति हुनेमा विश्वस्त रहेको बताउनु भयो ।

अहिले शिक्षा क्षेत्र नै सबै भन्दा बढी मारमा परेको भन्दै समसामयिक विषयमा निवर्तमान जिल्ला अध्यक्ष तथा सल्लाकार जिबि खड्का, उपाध्यक्ष शिवकृष्ण कवां, सचीव जय प्रकाश राई लगाएत सम्पूर्ण पदाधिकारी र प्रिन्सिपलहरुले आफ्नो तर्क एवं शुभकामना दिनु भएको थियो ।


प्रकाशित | २८ पुष २०७८, बुधबार १९:२९